site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्दीपले भिसा नपाएको विषयमा अमेरिकी दूतावासले दोहोर्‍यायो पुरानै कारण
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएको विषयमा पुरानै कारण दोहोर्‍याउँदै टिप्पणी गर्न नमिल्ने बताएको छ । 

बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासले ट्वान्टी–२० विश्वकपका लागि सन्दीपले दिएको भिसा आवेदन दोस्रोपटक अस्वीकृत गरिदिएको थियो । 

यस विषयमा अमेरिकी दूतावासले अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेख गोप्य हुने भएकाले सन्दीपको विषयमा टिप्पणी गर्न नसकिने यसअघिकै कारण दोहोर्‍याएको हो । 

“अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकाले हामी भिसाको कुनै केस विशेषमा टिप्पणी गर्न सक्दैनौँ,” दूतावासले भनेको छ ।

यसअघि जेठ ९ गते पहिलोपटक सन्दीपको भिसा अस्वीकृत गर्दा पनि दूतावासले यही धारणा सार्वजनिक गरेको थियो ।

दूतावासले सन्दीपको भिसा अस्वीकृत गरेको यो तेस्रोपटक हो । यसअघि ०७६ साउनमा पनि अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यतिबेला उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि भिसाको आवेदन दिएका थिए ।

त्यसबेला पनि सन्दीपले सामाजिक सञ्जालबाट आफूले भिसा नपाएकोबारे जानकारी गराएका थिए । सन्दीपको पोस्टपछि चर्को आलोचना भएपछि अमेरिकी दूतावासले पछि भिसा दिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro