site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुस–युक्रेनमा मारिएका तीन नेपालीको अस्तु ल्याइँदै
फाइल तस्बिर ।

काठमाडौं । रुसको मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा मारिएकामध्ये तीनजनाको अस्तु नेपाल पठाउने भएको छ ।

रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म ४० नेपालीको मृत्यु भइसकेको छ । तीमध्ये परिवारको सहमति र दूतावासको पहलमा तीनजनाको रुसमै अन्त्येष्टि गरिएको थियो । परिवारको सहमतिमा रुसमै अन्त्येष्टि गरिएकामा स्याङ्जाका प्रितम कार्की, कास्कीका देवान राई र स्याङ्जाका हरि अर्याल छन् । 

Dabur Nepal
NIC Asia

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तीनजनाको अस्तु अहिले मस्कोस्थित नेपाली दूतावासमा राखिएको छ । “दूतावासले छिट्टै प्रक्रिया पूरा गरेर तीनजनाको अस्तु काठमाडौं पठाउँदै छ,” स्रोतले बतायो । 

यस्तै, रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएकामध्ये ६ जनालाई क्षतिपूर्ति रकम उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ । मृतकको क्षतिपूर्तिका लागि सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमार्फत कागजात रुस पठाइएको छ । 

मृत्यु भएकामध्ये पहिलो चरणमा स्याङ्जाका कार्की, कास्कीका राई, सन्दीप थपलिया, रुपक कार्की (कपिलवस्तु), गंगाराम मोक्तान (इलाम) र राजकुमार रोका (दोलखा)को परिवारलाई रुसले क्षतिपूर्ति रकम उपलब्ध गराउने छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro