site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटको मार्गनिर्देशन हुबहु कार्यान्वयन गरिए व्यवसायीको मनोबल उच्च हुन्छ : ढकाल 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको मार्गनिर्देशन हुबहु कार्यान्वयन गरिए व्यवसायीको मनोबल उच्च हुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“दोस्रो चरणको आर्थिक सुधारको कुरा निजी क्षेत्रले चाहेको थियो, बजेटले सम्बोधन गर्‍यो । बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने भनेको छ, यो स्वागतयोग्य छ,” उनले भने, “सरकारले कार्यान्वयन गर्नुपर्छ । लगानी कम्पनीको अवधारणा निजी क्षेत्रले उठाएको थियो, बजेटमा समावेश भयो, यो खुसीको कुरा हो ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

बजेटको कार्यान्वयन चुनौतीपूर्ण हुने र यसतर्फ सबैले ध्यान दिनुपर्ने उनले उल्लेख गरे । बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय राम्रो भएको बताए ।

बजेटमा ससाना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्नेलगायत कार्यक्रम निजी क्षेत्रको सुझावानुसार नै प्राथमिकतामा परेको अध्यक्ष ढकालले सुनाए । पुराना बजेटका कतिपय कार्यक्रम र नीतिलाई नयाँमा नसमेटिनु दुःखद पक्ष भएको उनको भनाइ छ ।

Royal Enfield Island Ad

विशेष गरी मर्जर र एक्विजिसनमा दिइएको सुविधा अहिलेको बजेटमार्फत काटिएको उनले गुनासो गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro