कला
काठमाडौं । चलचित्र विकास बोर्डले आगामी असार ७ देखि ९ गतेसम्म धनगढीमा दोस्रो राष्ट्रिय बाल–चलचित्र महोत्सव २०८१ आयोजन गर्ने भएको छ । बोर्डले महोत्सव व्यवस्थापन कार्यका लागि बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीलाई संयोजक तोकेको छ ।
दोस्रो राष्ट्रिय बाल–चलचित्र महोत्सव २०८१ म बालबालिका एवं अन्य मेकरले निर्माण गरेका बाल–चलचित्रहरू प्रदर्शन तथा प्रतिस्पर्धा गराइनेछ । महोत्सवमा प्रदर्शन गरिने बाल–चलचित्र जेठ २५ गतेसम्म उपलब्ध गराउन बोर्डले चलचित्रकर्मीहरूलाई आह्वान गरेको संयोजक बुढाथोकीले जानकारी दिए ।
महोत्सवमा बाल–चलचित्रको प्रदर्शन, अन्तरक्रिया, सम्बाद, फोटो एवं बालपुस्तक प्रदर्शनी, झाँकी, सांस्कृतिक एवं सांगीतिक प्रस्तुति रहनेछ ।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ १४:०७
प्रतिक्रिया दिनुहोस्