कला
काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको बनेपामा चलचित्र छायांकन स्टुडियोको निर्माण सुरु गर्ने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् ।
दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने पनि बजेटमा समावेश छ । फिल्म सिटीका लागि मौरिसस र चिनियाँ लगानीकर्ताले चासो देखाइसकेका छन् ।
यी दुवै कार्यक्रम नयाँ होइनन् । यसअघिका सरकारले पनि बजेटमा समावेश गरिसकेका कार्यक्रम हुन् । केही वर्ष समेट्दै केही वर्षको बजेटमा नपरेका आयोजना हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १७:१७
प्रतिक्रिया दिनुहोस्