site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालुवाटार बैठकमा भएन सहमति, शीर्ष नेताहरू फेरि बस्ने 

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको छ ।

आजै दिउँसो ३ बजे शीर्ष नेताहरूको बैठक बस्ने र बिहानको छलफल कुनै टुंगोमा नपुगेको एक नेताले जानकारी दिए ।

सहमति जुटाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता र प्रतिपक्ष दलका नेतासँग एकल र सामूहिक छलफल समेत गरेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी थिए ।

यस्तै, नेकपा (एमाले)का तर्फबाट कार्यदलका संयोजक समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, महेश बर्तौला सहभागी थिए ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रधानमन्त्रीसहित अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे सहभागी थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियारलगायत नेताहरू बैठकमा सहभागी थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro