site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
थुम्के साहित्य महोत्सव सम्पन्न

काठमाडौं । इलामको माईजोगमाई गाउँपालिका र थुम्के साहित्यिक समूहको संयुक्त आयोजनमा थुम्के साहित्यिक महोत्सव २०८२ सम्पन्न भएको छ । 

इलामको माईजोगमाई गाउँपालिका, नयाँबजारका विभिन्न स्थानमा साहित्य, संस्कृति र समाजका विविध पक्षहरू समेटिएको महोत्सवमा रैथाने संस्कृति र साहित्यका अनेक सन्दर्भमाथि कार्यक्रम गरिएको थियो । 

स्थानीय अमर कल्याण नमुना माध्यमिक विद्यालय, नयाँबजारको प्रमुख व्यवस्थापकीय सहयोगमा सञ्चालित दुईदिने महोत्सवमा कविता उत्सव, चिया संवाद, कला संवाद, पुस्तकवार्ता, पुस्तक लोकार्पण, सूर्योदय सिर्जनालगायत विविध सांगीतिक एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Argakhachi Cement Island Ad

थुम्के साहित्य महोत्सवको पहिलो दिन कविता उत्सव अन्तर्गत माध्यमिक विद्यालयस्तरीय प्रतियोगितात्मक कविता वाचन गरिएको थियो । चिया संवाद तथा विविध सांगीतिक सांस्कृतिक प्रस्तुति ररहेको थियो । 

प्रतियोगितामा नेपालज्योति माविका सौरभ तामाङ प्रथम, अमर कल्याण नमुना माविका छात्राद्वय प्रश्ना कार्की दोस्रो र एल्भिसा भट्टराईले तेस्रो स्थान प्राप्त गरे । नामसालिङ नमुना माविकी शिक्षा घिमिरेले प्रोत्साहन पुरस्कार प्राप्त गरिन् ।

पहिलो दिन नै चियाबारीका दृश्य–अदृश्य कथा शीर्षकमा चिया संवाद गरियो । दोस्रो दिन माईजोगमाईको प्रमुख पर्यटकीय स्थल थुम्केरानीमा सूर्योदय सिर्जनाबाट कार्यक्रमको थालनी गरियो । रैथाने तथा पाहुना कविका कवितासँगै यस क्षेत्रको पर्यावरण र प्रकृतिको अवलोकन गरी सूर्योदय सिर्जनाको उद्देश्यलाई चरितार्थ गरिएको थियो । 

सर्जक धरणी गौतम, रविमान लम्जेल, टीका घिमिरे, प्रकाश थाम्सुहाङ, दिवाकर भण्डारी, इन्द्रनारायण सुवेदीलगायत स्रष्टाका कविता वाचनका साथै गायकहरू देवी गौतम, भूपेन्द्र राई, वृष प्रधान र कमल अर्यालले गायन प्रस्तुत गरेका थिए । 

दोस्रो दिन माईजोगमाईको कला : आस्था, अवस्था र सम्भावना शीर्षकमा संवाद गरियो । सोही अवसरमा रैथाने सिर्जनाको आकृति शीर्षकमा पुस्तक वार्ता पनि गरिएको साहित्यकार समालोचक हेम भण्डारीले जानकारी गराएका छन् । 


 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्