site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको कुन विधेयकलाई एलन मस्कले ‘घृणित’ भने ?

काठमाडौं । अर्बपति एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्च विधेयकको कडा आलोचना गरेका छन् । उनले यसलाई ‘घृणित’ भनेका बीबीसीले जनाएको छ ।

यो कानुन मे महिनामा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट पारित भएको थियो । यो कानुनमा धेरै ट्रिलियन डलर बराबरको कर छुट, रक्षा खर्चमा वृद्धि र अमेरिकी सरकारलाई थप ऋण लिन अनुमति दिने बुँदा समावेश छन् ।

Argakhachi Cement Island Ad

यसका पक्षमा मतदान गर्नेहरूलाई लाज लाग्नु पर्ने मस्कले मंगलबार सामाजिक सञ्जाल एक्समा लेखेका छन् । 

सरकारी दक्षता विभाग (डीओजीई)मा १२९ दिन काम गरेपछि अर्बपति मस्कले गत हप्ता प्रशासन छोडेका थिए । 

सरकार छोडेपछि मस्कले ट्रम्पप्रति गरेको यो पहिलो टिप्पणी हो । यो विधेयकलाई यसअघि मस्कले ‘निराशाजनक’ भनेका थिए ।

मंगलबार एक्समा मस्कले भने, “यसले पहिले नै अमेरिकी बजेट घाटा ४२.५ ट्रिलियनमा थप्नेछ ।  र, अमेरिकी नागरिकमा दिगो ऋणको बोझ थप्नेछ ।” बीबीसी
 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्