site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सदनको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई माधव नेपालको ध्यानाकर्षण 

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराएको छ । आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितका नेताले सदनमा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

एकीकृत समाजवादी सचिवालय बैठकले गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोही निर्णय जानकारी गराइएको उपाध्यक्ष हमालले बताए । “सचिवालय बैठकले प्रधानमन्त्रीलाई गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको थियो । सोही निर्णय जानकारी गराएका हौं,” उनले भने । 

भेटमा अध्यक्ष नेपालले संसद्‌मा देखिएको गतिरोध समाधान गर्ने दिशामा प्रधानमन्त्रीको सक्रिय पहल आवश्यक रहेको बताए । सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने विषयमा पार्टीको तर्फबाट सहयोग रहने उनको भनाइ छ । 

प्रधानमन्त्री प्रचण्डले गतिरोध अन्त्यका लागि पहल भइरहेको बताएका छन् । “कुराकानी भएकै छ । भर्खरै मात्रै देउवाजीसँग भेटघाट भएको छ । गतिरोध अन्त्यका निम्ति अन्तिम समयसम्म प्रयत्न गर्छाैं,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उपाध्यक्ष हमालले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro