site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्यादेश टुंगोमा पुर्‍याउन शीर्ष नेता बैठकमा
फाइल तस्बिर ।

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगोमा पुर्‍याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ । शीर्ष नेताबीचको उक्त बैठकबाट सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने कार्यादेशमा सहमति जुटाइने बताइएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै भने, “निकास निकाल्न अन्तिम विन्दुमा पुगेका छौँ, कार्यदलको बैठकमा भएको छलफलको विस्तृत विषयलाई प्रमुख दलका शीर्ष नेताहरूबीच राख्दै छौँ । यसलाई अन्तिम टुंगोमा पुर्‍याउन कार्यदलको आजको छलफल निकै महत्त्वपूर्ण रह्यो ।”

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री गिरीका अनुसार, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रतिनिधिले कार्यदलको बैठकमा सहकारीको रकम अपचलन तथा हिनामिनाका विषयमा संसदीय छानबिन समिति गठन गर्दा निश्चित व्यक्ति एवं पदाधिकारी किटान गर्नुपर्ने माग दोहोर्‍याएका थिए ।

कांग्रेसले सहकारीको रकम हिनामिना भएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गरेपछि छानबिन समिति गठन गर्न एक साताअघि समझदारी भएको थियो । समझदारी भए पनि समितिको कार्यादेशबारे टुंगो नलाग्दा गतिरोध कायमै छ । कार्यदलको बैठकलगत्तै प्रमुख दलका शीर्ष नेताहरूबीच संसद्को गतिरोध हटाउने विषयमा पुनः बैठक बसेको हो । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय