site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सिंहदरबारबाट मन्त्रीले निर्देशन दिने होइन कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ : श्रममन्त्री अर्याल
फाइल तस्बिर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् । बुधबार ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

उनले मन्त्रीहरुले मन्त्रालयमा बसेर निर्देशन दिनेभन्दा पनि कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीहरूलाई उत्साह जगाउन आवश्यक रहेको बताए । 

उनले एक घन्टामा श्रम स्वीकृत गर्ने काम कार्यान्वयनमा ल्याएपछि विभागले सेवाग्राहीलाई कसरी सेवा दिइरहेको विषयमा अनुगमन गर्न कार्यस्थलमा गएको बताए । मन्त्री अर्यालले एक घन्टामा श्रम स्वीकृत अनलाइनमार्फत हुने व्यवस्थाले श्रम विभागमा श्रम स्वीकृतिको लागि आउनेहरू कमी देखिएको बताए । 

“श्रम स्वीकृत भएको विभागको ठाउँ व्यवस्थित भएको छ । कर्मचारीहरुले अत्यन्तै शान्त रूपमा काम गर्नु भएको छ । श्रम विभागबाट हुने सेवामा सुधार भएको छ । त्यसले गर्दा सेवाग्राही विभागमा आइरहनु परेन । ठगिनु भएन । मन्त्रीले मन्त्रालयमा बसेर निर्देशन र आदेश मात्रै दिने होइन । कार्यस्थलमा कर्मचारीहरूको अवस्था र उहाँहरूलाई उत्साह जगाउन जरुरी छ,” मन्त्री अर्यालले भने ।
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro