site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा
फाइल तस्बिर ।

वासिङटन डीसी । संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका निम्ति २७ करोड ५० लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ । सहायतामा गोलाबारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार समावेश छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोर्‍याए । उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु किभलाई खार्किभनजिकै मस्कोको आक्रमणलाई रोक्न मद्दत गर्ने अमेरिकी प्रयासको एक हिस्सा रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा ब्लिन्केनले भनेका छन्, “आज संयुक्त राज्य अमेरिकाले युक्रेनका बहादुर मानिसलाई सहयोग गर्न २७ करोड ५० लाख अमेरिकी डलरको हतियार र उपकरण प्रदान गर्ने घोषणा गरिरहेको छ । रुसको आक्रामकताविरुद्धको लडाइँमा हामी युक्रेनको साथमा रहनेछौँ ।”

सन् २०२२ मा मस्को र किभबीच युद्ध सुरु भएदेखि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने प्रस्ताव गरेको हो । रुससँग चलिरहेको युद्धबीच किभलाई अमेरिकी समर्थनको पुष्टि गर्न यस महिनाको सुरुमा ब्लिन्केन युक्रेनको आकस्मिक भ्रमणमा पुगेका थिए । २०२२ फेब्रुअरीमा मस्को र किभबीच युद्ध सुरु भएपछि उनले चौथोपटक यो अघोषित भ्रमण गरेका हुन् । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्