site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालमा पहिलोपटक वर्ल्ड टेनिस नम्बरको सुरुआत
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल टेनिस संघले नेपालमा पहिलोपटक वर्ल्ड टेनिस नम्बर (डब्लूटीएन)को सुरुआत गरेको छ । टेनिस संघकी अध्यक्ष ज्योति राणाले बिहीबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को सभाकक्षमा आयोजित एक कार्यक्रमबीच डब्लूटीएनको सुरुआत गरिएको घोषणा गरिन् ।

डब्लूटीएनको सुरुआतसँगै प्रतियोगिता व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गर्न सहज हुने टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी गराए । टेनिस प्रतियोगिता आयोजकले नेपाली खेलाडीको रेटिङका लागि टेनिस संघलाई निश्चित शुल्क तिरेर ‘एक्सेस’ लिई प्रतियोगितामा सहभागी हुने खेलाडीको नामवली डब्लूटीएनमा समावेश गर्न पाउनेछन् । त्यसपछि खेलाडीले गरेको प्रदर्शनका आधारमा सम्बन्धित खेलाडीको रेटिङ हुनेछ । रेटिङ न्यूनतम ४० अंकदेखि सुरु हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

टेनिस संघका सदस्य जयजीव हाडाले यू–९ उमेरसमूहको स्पर्धादेखि मात्र खेलाडी डब्लूटीएनमा समावेश हुने बताउदै हालसम्म १६९ राष्ट्रका राष्ट्रिय संघले डब्लूटीएनको सुरुआत गरिसकेको जानकारी दिए ।

कार्यक्रममा एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, टेनिस संघका महासचिव मनोहरदास मुल, नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटी, नेपालमा टेनिस प्रतियोगिता आयोजना गर्ने संस्थालगायतको उपस्थिति थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  २३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement