site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो 

काठमाडौं । रोमाञ्चक खेलमा बंगलादेशविरुद्ध आठ रनको जित निकाल्दै अफगानिस्तान आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान सेमिफाइनल प्रवेश गर्ने चौथो टोली बनेको हो । विश्वकपको इतिहासमा अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको हो ।

मंगलबार किंग्सटाउनमा टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो । तर, वर्षाका कारण बंगलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो । 

Dabur Nepal
NIC Asia

बंगादेशलाई जितका लागि अन्तिम दुई ओभरमा १२ रन आवश्यक थियो । अफगानिस्तानबाट १८औँ ओभरमा बलिङका लागि आएका नवीन उल हकले सुरुआती तीन बलमा लगातार तीन रन खर्चिएका थिए । तर, चौथो बलमा बंगलादेशका ताक्षिन अहमेदको विकेट लिँदै नवीनले अफगानिस्तानको सम्भावना कायमै राखेका थिए । 

बंगलादेशबाट अन्तिम ब्याटरका रूपमा मैदान आएका मुस्ताफिजुर रहमानलाई पनि नवीनले पाँचौँ बलमा एलबीडब्लूलको धरापमा पारेपछि अफगानिस्तानले ट्वान्टी–२० विश्वकपमा नयाँ इतिहास बनाएको हो । 

बंगलादेशका ओपनर लिटोन दासले ५४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । अन्तिमसम्म अविजित रहेका दासले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यसबाहेक, बंगलादेशका अन्य ब्याटरको प्रदर्शन उल्लेखनीय भएन । तोहिद ह्रृदोयले १४ र सौम्य सरकारले १० रन थपे । 

बंगलादेशलाई सस्तैमा रोक्न नवीन उल हक र राशिद खानले समान चार विकेट लिए । ३.५ ओभर बलिङ गरेका नवीनले २६ रन खर्चिए । चार ओभर बलिङ गरेका राशिदले २३ रन खर्चिए । फजलहुक फारुकी र गुलबद्दिन नैबले समान एक विकेट हात पारे । 

त्यसअघि अफगानिस्तानका रहमनुल्लाह गुबर्जले ४३ रन बनाएका थिए । राशिदले १९, इब्राहिम जद्रानले १८ र अज्मतुल्लाह ओमरजाईले १० रन थपे । बंगलादेशका रिसाद हुसैनले तीन विकेट लिए । ताक्षिन र मुस्ताफिजुर रहमानले समान एक विकेट लिए । 

जितसँगै अफगानिस्तान सुपर–८ को समूह–१ बाट दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । अफगानिस्तानले तीन खेल खेल्दा चार अंक जोडेको छ । अफगानिस्तानको जितले सन् २०२१ को विश्वकप विजेता अस्ट्रेलिया भने सुपर–८ बाटै बाहिरिएको छ । तालिकाको तेस्रो स्थानमा सीमित बनेको अस्ट्रेलियाले तीन खेलबाट दुई अंकमात्र जोड्न सक्यो । तालिकाको पुछारमा रहेको बंगलादेश भने सुपर–८ मा जितविहीन रह्यो । अफगानिस्तानले अब फाइनल प्रवेशका लागि समूह–२ को विजेता दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro