site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपीन जोशीको रिहाइको पहल भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको पहल भइरहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले जोशीका रिहाइका निम्ति सरकारले पहल गरिरहेको बताए ।

“इजरायल सरकार, मध्यस्तकर्ता कतार सरकार तथा दुवै पक्षका निकटस्थ छिमेकी देश गणतन्त्र इजिप्ट सरकारसँग समेत अनुरोध गर्दै औपचारिक र अनौपचारिक बैठकमा पहल भइरहेको छ,” उनले भने । 

प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीले अमेरिकाको भिसा पाउन समस्या भएका विषयमा आज बिहान मात्र अमेरिकी राजदूतसँग छलफल गरेको जानकारी दिए ।

सीमा समस्या समाधान गर्न आफ्नो भारत भ्रमणका क्रममा आग्रह गरिएको पनि उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro