site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
पानीको अभावले बच्चाको हालत यस्तो पनि हुन्छ !
SkywellSkywell

गाजा । ८ महिनादेखि जारी युद्धका कारण ९ वर्षका युनिस जुमाको अवस्था यति खराब भएको छ कि अब उनको शरीरमा छाला र हड्डीमात्रै देखिन्छ । 

दक्षिण गाजाको खान युनिसस्थित एक अस्पतालका बेडमा बेहोस अवस्थामा रहेका युनिसका हात र खुट्टा सलाईको काँटीजस्ता भएका छन् । उनको घुँडा बाहिर निस्केको छ र छाला शरीरमा टाँसिएको छ । युनिसकी आमा गनिमा भन्छिन्,“मेरो छोराको अवस्था पहिला ठिक थियो । उनी सामान्य थिए ।”

गनिमा थप्छिन्, “यहाँ बोतलको पानी पाइँदैन । बच्चाहरु निकै टाढासम्म जान्छन् ।  उनीहरुलाई पानी मिले पनि हामी कहाँ आउने समयसम्म दूषित भइसक्छ ।”

Dabur Nepal
NIC Asia

नासेर अस्पतालको करिडोरमा ५ वर्षकी तला इब्राहिम अल जलत पनि पल्टिरहेकी छन् । उनी उठ्ने प्रयास त गर्छिन्, तर चलमलाउन नै सकेकी छैनन् ।  उनको आँखा भासिएको छ । तला कुपोषण र डिहाइड्र्ेसनको शिकार भइसकेकी छन् ।

तलाका पिता इब्राहिम मुहम्मद अल जलत अस्पतालमा छोरीको हात समातेर बसेका छन् ।  उनी हिंडडुल नगरी स्थिर भएर बसेका छन् । उनलाई थाहा छ करिब ४० डिग्री तापक्रममा गर्मी र सफा पिउने पानीको अभावले उनकी छोरी मृत्युको मुखमा पुगेकी छन् ।

इब्राहिमका अनुसार उनकी छोरीको अवस्था खराब हुँदै गइरहेको छ ।  “हाम्रो टेन्टमा यति धेरै गर्मी छ कि हामी सोच्न पनि सक्दैनौं ।जुन पानी हामी पिइरहेका छौं, त्यो दूषित छ । किनकि यसले नै बृद्ध र बच्चा बिरामी परिरहेका छन्,” उनको भनाई छ ।

घर ध्वस्त  भएपछि गाजाका हजारौं मानिस विस्थापनको शिकार भएर क्याम्पमा बस्न बाध्य छन् । 

गर्मीबाट जोगिनका लागि त्यहाँ कुनै तयारी पनि छैन । चाहे सफा होस् वा गन्हाउने दैनिक पानी पाउनु पनि संघर्षको काम हो । पानीको वितरण केन्द्रको बाहिर पनि लामो लाइन देखिन्छ । 

सिवेज प्रणाली नस्ट भएपछि अब गाजामा उपलब्ध पानी गन्हाउने मात्र छ । नासेर अस्पतालमा बालबालिका विभागका प्रमुख डा. अहमद अल फारीले भने, “यो कुनै अनौठो कुरा होइन बच्चामा भइरहेको इन्फेक्सन पानीका कारणले नै हो ।”

उनका अनुसार बच्चामा इन्फेक्सन भएपछि उल्टी हुने र डिहाइड्रेसन हुने गरेको छ । 

अर्को रोग  हेपाटाइसिस सी वा ए हुने गरेको छ । मानवीय मामिलामा समन्वयका लागि संयुक्त राष्ट्र संघको कार्यालयका अनुसार ६७ प्रतिशत गाजाको पानी र स्यानिटेसन सिस्टम धेरैजसो समय खराब नै थियो अब पुरै बर्बाद अवस्थामा पुगेको छ । 

खान युनिस म्युनिसिपिलिटीमा  वाटर इन्जिनियरको काम गरिरहेका सलाब शरबको भनाई छ, “पानी र सीवेजको नेटवर्क फेरि स्थापना गर्नका लागि ठूलो मात्रामा अन्तर्राष्ट्रिय प्रयास गर्नु जरुरी र छ ।”

उनले खान युनिसमा आफूहरुले १७० देखि २०० किलोमिटर लामो पाइपलाइन गुमाएको तथा  पानीको ट्यांकी र कुवा पनि पुरै भत्किइसकेको जनाएका  छन् ।

इजरायली सेनाले हरेक दिन आफूहरुले गाजाको केरेम शैलोम क्रसिंगमा मानवीय सहायताका लागि २०० ट्रकलाई जान दिएको बताएको छ ।  यद्यपि पानी र खानाको अभावका कारण गाजा क्षेत्रमा लुटपाटको खतरा समेत देखिएको छ । 

अन्तर्राष्ट्रिय फौजदारी अदालतका वकिलले पनि आरोप लगाएका छन् कि इजरायलले गाजाका मानिसको भोकलाई पनि हतियारको रुपमा प्रयोग गरिरहेको छ । 

साथै उनले इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातानाहु र रक्षामन्त्री योआव गैलन्टको गिरफ्तारीको माग पनि गरेका छन् । अन्तर्राष्ट्रिय अदालतमा उठेको यो मागमा इजरायल खराब ढंगले भड्केको अवस्था छ । 

संयुक्त राष्ट्र संघले आउँदो मध्य जुलाईसम्ममा गाजाका १० लाख भन्दा बढी मानिस भोकमरीको शिकार हुनेछन् । तर, इजरायली अधिकारी भने गाजामा आफ्नो कारणले कुनैपनि मानवीय संकटलाई अस्वीकार गर्दछन् । 

यद्यपि नासेर अस्पतालको करिडोरमा आफ्नो कुपोषित छोरा काखमा लिएर बसेकी गनिमा जुमालाई त्यस्तो लाग्दैन । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro