site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पदावधि नसकिँदै राजदूत फिर्ता बोलाउन सक्ने प्रावधान छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्तीमा ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको बताएका छन् । परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

“राजदूतहरूको नियुक्तिमा राजनीति व्यावसायिकताका सन्तुलनका लागि कम्तीमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीति निरन्तरता दिइएको छ,” उनले भने ।

सरकारले आवश्यक ठानेमा पदावधि पूरा नहुँदै राजदूतलाई फिर्ता बोलाउन सक्ने प्रावधान रहेको उनले बताए । “राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को दफा ८ बमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनुअगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान छ,” उनले भने ।

देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतको मूल्यांकन गरी व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको उनले उल्लेख गरे । राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार मानेर मर्यादित बनाइने उनले बताए ।

हाल मन्त्रिपरिषद्बाट राजदूतमा सिफारिस भएकालाई संसदीय सुनुवाइ र कागजात हेरेर अन्तिम रूप दिइने उनले जानकारी गराए ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro