site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्पेन र साविक विजेता इटाली प्रि–क्वार्टरफाइनलमा, क्रोएसिया बाहिरियो 

काठमाडौं । युरो–२०२४ को ‘ग्रुप अफ डेथ’बाट स्पेन र इटाली अन्तिम–१६ मा प्रवेश गरेका छन् । सोमबार राति दुवै टिमले प्रि–क्वार्टरफाइनलमा स्थान निश्चित गरेका हुन् ।

समूह चरणको अन्तिम खेलमा स्पेनले अल्बानियालाई १–० हरायो । यसै समूहको अर्को खेलमा साविक विजेता समेत रहेको इटालीसँग १–१ को बराबरीमा रोकिएपछि क्रोएसियाको यात्रा समाप्त भएको हो । क्रोएसिया सन् २०१८ को फिफा विश्वकपको उपविजेता र २०२२ मा तेस्रो भएको टिम हो ।

जितसँगै समूह ‘बी’को शीर्ष स्थान हासिल गरेको स्पेनले तीन खेलबाट नौ अंक जोड्यो । समान खेलबाट चार अंकको इटाली समूह उपविजेताका रूपमा प्रि–क्वार्टरफाइनलमा पुगेको हो ।

तेस्रो स्थानमा सीमित क्रोएसियाले तीन खेलबाट दुई अंक मात्र हासिल गर्‍यो । तालिकाको पुछारको अल्बानिया एक अंकसहित घर फर्कियो ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro