site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थतन्त्रमा संकटपूर्ण अवस्था छैन : सीईओ शेरचन 
SkywellSkywell

काठमाडौं । नेपाल व्यवस्थापन संघका सदस्य तथा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले अहिले अर्थतन्त्रका सूचक राम्रो अवस्थामा रहेको बताउँदै आत्तिनुपर्ने अवस्था नभएको जनाएका छन् । 

सोमबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी वर्षको मौद्रिक नीतिको छलफल कार्यक्रममा शेरचनले उद्योग व्यवसाय अहिलेको अवस्थामा संकटपूर्ण नभएको बताएका हुन् । 

विदेशी मुद्राको सञ्चितिले साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने भन्दै अहिले अर्थतन्त्रको स्थिति चिन्ता गरिहाल्नुपर्ने नभएको बताए । 

Dabur Nepal
NIC Asia

“वैशाख मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १९ खर्बभन्दा बढी पुगेको छ । यो सञ्चितिले साढे १२ महिनाका वस्तु तथा सेवा आयात गर्न पुग्छ,” उनले भने, “केही समय अर्थतन्त्रमा आएको शिथिलताले सबै क्षेत्रलाई छोएको हो । तर, अहिले हाम्रो उद्योग व्यवसायलाई संकटपूर्ण भनिरहने स्थिति देख्दिन ।” 

बैंकमा डिपोजिटको साइज ६२ खर्बमाथि रहेको पनि उनले जानकारी दिए । 

ashok-sherchan-1719236339.JPG
 

त्यस्तै लोन ५१ खर्बभन्दा बढी गएको र कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतभन्दा कम हुनुले पनि अर्थतन्त्र दबाबमा नरहेको संकेत भएको शेरचनको भनाइ छ । अहिले नै अत्तालिनुपर्ने अवस्था नरहेको पनि उनले बताए । 

आर्थिक शिथिलतामा पनि अर्थतन्त्रलाई बिग्रिन नदिइएको उनले बताए ।  आर्थिक गतिविधि बढाउन व्यवसायिक जगतले आत्मविश्वास र इच्छाशक्ति बढाउनुपर्ने धारणा राखेका थिए ।

“कोभिडपछि अर्थतन्त्रमा केही समस्या देखा परे । तर, पछिल्लो समय सबै कुराहरू सामान्य रूपमा चलिरहेको जस्तो देखिन्छ,” उनले भने, “यदी हामी सस्टेन हुने हो भने आर्थिक क्रियाकलाप बढाउनै पर्छ । अहिलेकै गतिमा बस्यौँ भने हामी अगाडि बढ्न सक्दैनौं ।” 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro