site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली नाटक ‘गुलाफ’ नर्वेमा मञ्चन हुँदै 
SkywellSkywell

काठमाडौं । नेपाली नाटक ‘गुलाफ’ नर्वेको राजधानी ओस्लोमा मञ्चन हुने भएको छ । अंग्रेजीमा ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ नाम दिइएको नाटक ओस्लोको थिएटर मनुमा आजदेखि तीन दिन नियमित मञ्चन हुन लागेको हो ।

रामहरि ढकालको परिकल्पना, डिजाइन र निर्देशन रहेको नाटक मञ्चनका लागि नेपाली कलाकारको टोली ओस्लो पुगिसकेको छ । टोलीका कलाकारहरू दिया मास्के, सरित साह, देव न्यौपाने, केदार श्रेष्ठ र उमेश तामाङ नर्वे पुगेका हुन् । 

KFC Island Ad
NIC Asia

नर्वे सरकारको कला र संस्कृति सम्बन्धि संस्था ‘आर्ट एण्ड कल्चर नर्वे’को सहयोगमा तथा नोर्दिक कल्चर फण्ड र फुक नो नर्वेको साथमा नाटक ‘द रोज’को मञ्चन हुन लागेको हो । 

यो नाटक थिएटरको ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको छ । जसमा संवाद छैन तर दृश्यहरुले कथा बोल्नेछ । सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरूको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय बनाएको निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Royal Enfield Island Ad

उक्त पीडा र बिछोडको कारणले यशोधराभित्र सिर्जित भावना, विकार र त्यसले पारेको प्रभाव र परिवर्तन नै यो नाट्य प्रस्तुतिको मूल विषय हो । यसमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभंगीमार्फत उजागर गर्ने कोसिस गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro