site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एनएसकेए अन्तर्राष्ट्रिय कराते हुने

काठमाडौं । नेपाल सोतोकान कराते संघको आयोजनामा १५औँ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटान गरी ६ राष्ट्रको सहभागिता रहने आयोजक संघका महासचिवसमेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा ४० स्वर्ण, ४० रजत र ८४ कांस्यका लागि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष विष्णुबहादुर कार्कीले जानकारी दिए ।

दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइनेछ ।

Global Ime bank

प्रतियोगिताअघि राखेप कभर्डहलमै बिहीबार र शुक्रबार प्रथम वाग्मती प्रदेश खुला कराते प्रतियोगिता हुनेछ । महासचिव शेर्पाका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख रुपैयाँ खर्च हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय