site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आत्मघाती गोल निर्णायक बन्दा स्पेनविरुद्ध साविक विजेता इटाली पराजित

काठमाडौं । आत्मघाती गोल निर्णायक बनेपछि युरो–२०२४ मा साविक विजेता समेत रहेको इटालीले स्पेनविरुद्ध १–० को हार व्यहोरेको छ ।

बिहीबार राति जर्मनीको भेल्टिन्स एरिनामा इटालीका रिकार्डो कालाफ्लोरीबाट भएको आत्मघाती गोल नै स्पेनको जितमा पर्याप्त बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५०औँ मिनेटमा रिकार्डोबाट आत्मघाती गोल भएको थियो ।

लगातार दोस्रो जित निकालेको स्पेनले समूह ‘बी’बाट प्रि–क्वार्टरफाइनलको सम्भावनालाई बलियो बनाएको छ । स्पेनले यसअघि पहिलो खेलमा क्रोएसियालाई ३–० ले पराजित गरेको थियो ।

जारी प्रतियोगितामा इटालीको भने यो पहिलो हार हो । इटालीले यसअघि अल्बानियाविरुद्ध २–१ को जित निकालेको थियो ।

दुई खेलबाट ६ अंक जोडेको स्पेन तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट तीन अंकको इटाली दोस्रो स्थानमा छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार राति नै भएका अरू दुई खेलमा स्लोभानियाविरुद्ध सर्बिया र इंग्ल्यान्डविरुद्ध डेनमार्कले समान १–१ को बराबरी खेल्दै अंक बाँडे ।

समूह ‘सी’मा इंग्ल्यान्ड दुई खेलबाट चार अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट दुई अंकको डेनमार्क दोस्रो, दुई अंककै स्लोभानिया तेस्रो र एक अंकसहित सर्बिया चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro