site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालको पहिलो जित

काठमाडौं । नेपालले एटीएफ यू–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट)को ब्वाइजमा बुधबार जित हात पारेको छ ।

चार राष्ट्र रहेको समूह ‘बी’को लिग खेलमा नेपालले भुटानलाई ३–० को सोझो सेटमा पराजित गरी सान्त्वना जित हात पार्‍यो । यसअघि नेपाल श्रीलंका र पाकिस्तानसँग चुकेको थियो । यो नतिजासँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो सिंगल्समा नेपालका विश्वविशेष डल्लाकोटीले डुडु तेन्जिङलाई ६–० र ६–३ तथा निश्चल ज्ञवालीले पेल्थोप छिरिङलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे ।

डबल्समा नेपालका विश्व र साहनावाज आलमको जोडीले पेल्थोप र मिफाम छिरिङको जोडीलाई ६–० र ६–२ को सेटमा हराए ।

Global Ime bank

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै पाकिस्तानले श्रीलंका तथा भारतले बंगलादेशलाई समान ३–० ले पन्छाए । योसँगै ब्वाइजमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतको भेट श्रीलंकासँग हुनेछ भने पाकिस्तानले बंगलादेशको सामना गर्नेछ ।

गर्ल्समा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्‍यो । सिंगल्समा लियङ सानुथी वोङले नेपालीकी सारा पन्तलाई ६–० र ६–० तथा श्रीलंकाकी दाम्सिलुनी सहन्साले अनुश्री धोजुलाई ६–० र ६–१ को सोझो सेटमा पन्छाए । डबल्समा श्रीलंकाका लियङले हेवासाम पथिराजाको जोडीले अनुश्री र आयुशा जिसीको जोडीलाई ६–४ र ६–३ को सेटमा पाखा लगाए ।

नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय