site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरानका सर्वाेच्च नेताले दिए रइसीलाई श्रद्धाञ्जली, शोकसभामा हजारौँ मानिस सहभागी

तेहरान । इरानमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका राष्ट्रपति इब्राहिम रइसीको स्मरणमा राजधानी तेहरानमा बुधबार विशाल शोक कार्यक्रमको आयोजना गरिएको छ । उक्त शोकसभामा हजारौँ मानिस सहभागी भएका थिए । 

सो कार्यक्रममा इरानका सर्वोच्च नेता आयोतोल्लाह खमेनेइले मृतकको शवमा इरानको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । गएको आइतबार रइसीसहित विदेशमन्त्री होसेन अमिर अब्दोल्लाहिनलगायतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । 

बुधबारको कार्यक्रममा अल्लाहको प्रार्थनासमेत गरिएको थियो । सो अवसरमा इरानका अन्तरिम राष्ट्रपति मोहम्मद मोखबरपनि सँगै उभिएका थिए । रइसीको भोलि बिहीबार अन्त्येष्टि गरिने कार्यक्रम छ । बीबीसी
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro