site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिरोको ब्रान्ड एम्बेसडरमा सुशान्त केसी, सुरक्षा पन्त र दयाहाङ राई 

काठमाडौं । सीजी मोटर्सले तीनजनालाई हिरो मोटरसाइकलको ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ । 

नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक रहेको सीजी मोटर्सले नक्सालस्थित स्टेट अफ दि आर्ट सोरुममा एक कार्यक्रम गरी ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।

Dabur Nepal
NIC Asia

कम्पनीका अनुसार गायक सुशान्त केसी हिरो एक्सपल्स, अभिनेत्री सुरक्षा पन्त हिरो जुम र अभिनेता दयाहाङ राई हिरो स्प्लेन्डर सिरिजको ब्रान्ड एम्बेसडर बनेका हुन् । हिरो विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने कम्पनी हो ।

सीजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केही समयअघि मात्रै नेपालमा बजार विस्तारका लागि व्यापार योजना घोषणा गरेकोे थियो । कम्पनीले नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल उत्पादन गर्नसक्ने क्षमताको एसेम्बल प्लान्ट पनि सञ्चालनमा ल्याएको छ ।

सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानमा ५० भन्दा बढी हिरो सोरुम सञ्चालन गरिरहेको बताएको छ । कम्पनीले अहिले एक्सपल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, तथा जुम बिक्री गरिरहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro