कला
काठमाडौं । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौं महानगरपालिकालाई ‘सिनेमाको रचनात्मक सहर’को सदस्य प्रमाणपत्र प्रदान गरेको छ ।
युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले महानगर उपप्रमुख सुनिता डंगोललाई क्रिएटिभ सदस्यताको प्रमाणपत्र प्रदान गरेका हुन् । काठमाडौंसहित विश्वका ५५ सहर क्रिएटिभ सिटिज नेटवर्कमा समावेश छन् ।
युनेस्को प्रमुख क्रफ्टले काठमाडौंमा चलचित्रको सम्भावना उज्ज्वल रहेको बताएका थिए । लगानीकर्ताको ध्यान सफ्टपावर सिनेमामा नरहेको भन्दै उनले यसतर्फ लगानी बढाउन आवश्यक रहेको बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ १५:००
प्रतिक्रिया दिनुहोस्