site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जलवायु परिवर्तनले २५ वर्षमा नेपालको कृषि बाली र पशु पालनमा कस्तो असर गर्‍यो ?
SkywellSkywell

काठमाडौं । नेपालले पछिल्लो समय जलवायु परिवर्तनले पारेका प्रभावलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा व्यापक रुपमा उठाउँदै आएको छ । गतवर्ष कात्तिक दोस्रो साता मात्र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले नेपालको भ्रमण गर्दा सगरमाथा र अन्नपूर्ण आधार शिविर पुगेका थिए ।

विश्वको सर्वोच्च शिखर सगरमाथा र अन्नपूर्णको आधार शिवरबाट राष्ट्रंघका महासचिवले जलवायु परिवर्तनमा नेपालको कुनै हात नभएको र आफूले गर्दै नगरेको काम परिणाम नेपालले भोग्नु परेको विश्व जगतलाई बताएका थिए ।

त्यतिमात्र होइन जलवायु परिवर्तनमा विशेष हात भएका विकसित राष्ट्रलाई उनले नेपाललाई सहयोग गर्न समेत आव्हान गरेका थिए । नेपालले जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आए पनि यसले नेपाली जनतामा के कस्तो असर गरेको छ भन्न सकेको थिएन ।

KFC Island Ad
NIC Asia

राष्ट्रिय तथ्याङ्क कार्यालयको हालै एउटा सार्वजनिक प्रतिवेदन गरेको छ, जहाँ पछिल्ला २५ वर्षमा जलवायु परिवर्तनले नेपाली जनतामा पारेको प्रभाव स्पष्ट देखाइएको छ ।

कृषि बालीमा नयाँ रोग

Royal Enfield Island Ad

प्रतिवेदनअनुसार, ‘राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण–२०२२’ मा विगत २५ वर्षमा लगभग ५० प्रतिशत घर–परिवारले आफ्नो बालीमा नयाँ रोगहरू देखापरेको बताएका छन् । सर्वेक्षणमा सातवटै प्रदेशका ६ हजार ५ सय २० घर–परिवार समेटिएको थियो ।

“विगत २५ वर्षमा लगभग ५० प्रतिशत घरपरिवारले आफ्नो बालीमा नयाँ रोगहरू देखापरेको रिपोर्ट गरेका छन् । ५३.९ घर–परिवारले आफ्नो बालीमा नयाँ किरा लागेको देखेका छन् र २९.८ प्रतिशतले आफ्नो गाईवस्तुमा नयाँ रोगहरू देखापरेको बताएका छन्,” सर्वेक्षण प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा जलवायु परिवर्तनले कृषि र पशुधनमा पारेको महत्वपूर्ण प्रभावलाई देखाएको छ । जलवायु परिवर्तनका कारण बाली र जनावर दुवै खतरामा रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षणमा सहभागीमध्ये २४.९४ प्रतिशतले बालीमा नयाँ रोगहरू नदेखेको जवाफ दिएका थिए । सहरी क्षेत्र (नगरपालिका)माभन्दा ग्रामीण क्षेत्र (गाउँपालिका)मा बसोबास गर्नेले आफ्नो बालीमा नयाँ रोगका कारण बढी असर गरेको बताएका थिए ।

प्रतिवेदन अनुसार, सहरी क्षेत्रमा ४५.६ प्रतिशत र ग्रामीण क्षेत्रमा ५५.९ प्रतिशतले बालीमा नयाँ रोगको प्रभाव अनुभव गरेका छन् । भू–वनोटमा हिसाबले जलवायु परिवर्तनले नेपालको हिमाल, पहाड र तराईमध्ये सबैभन्दा बढी बालीमा प्रभाव हिमाली क्षेत्रमा गरेको छ ।

सर्वेक्षणमा सहभागीमध्ये हिमाली भेगका ६८.७ प्रतिशत, पहाडी भेगका ५०.३ प्रतिशत र तराई भेगमा ४६.३ प्रतिशतले पछिल्लो २५ वर्षमा नयाँ रोग लागेका कारण बालीमा असर गरेको अनुभव सुनाएका थिए ।

प्रतिवेदन अनुसार, सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा सबैभन्दा बढी ८६ प्रतिशत घर–परिवारमा नयाँ बालीमा रोग देखिएको छ । सबैभन्दा कम कोशी प्रदेशको तराई क्षेत्रमा ३३.१ प्रतिशत घर–परिवारले जलवायु परिवर्तनका कारण बालीमा नयाँ रोगको अनुभव गरेका थिए ।

“१ हजार ५०० सयदेखि २ हजार मिटरबीचमा रहेका ६०.२ प्रतिशत घरपरिवारले गत २५ वर्षमा नयाँ बाली रोगहरू देखेको रिपोर्ट गरे,” प्रतिवेदनमा भनिएको छ । सर्वेक्षणको नतिजाले विभिन्न भौगोलिक र जलवायु भएका क्षेत्रका बालीमा लाग्ने नयाँ रोगलाई विभिन्न कारणहरूले प्रभाव पार्ने देखाएको छ ।

कोशी प्रदेशको हिमाली क्षेत्रका ६९.५ प्रतिशत, पहाडी क्षेत्रका ५६.५ प्रतिशत र तराई क्षेत्रका ३३.१ प्रतिशत घरपरिवारले बालीमा नयाँ रोग देखेका छन् । मधेस प्रदेशका ५६.७ प्रतिशत घरपरिवारले पछिल्लो २५ वर्षमा जलवायु परिवर्तनका कारण बालीमा नयाँ रोग देखापरेको बताएका थिए ।

प्रतिवेदनमा बाग्मती प्रदेशको हिमाली क्षेत्रमा ७९.२ प्रतिशत, पहाडी क्षेत्रका ३६.१ प्रतिशत र तराई क्षेत्रमा ४४ प्रतिशत घर–परिवारले उक्त अवधिमा बालीमा नयाँ रोग लागेको देखेका थिए । गण्डकी प्रदेशको हिमाली क्षेत्रमा ४४.८ प्रतिशत, पहाडी क्षेत्रमा ५९.९ प्रतिशत र तराई क्षेत्रमा ४६.६ प्रतिशतले बालीम नयाँ रोग लागेको अनुभव गरेका थिए ।

लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा ४३.१ प्रतिशत र तराई क्षेत्रमा ३८.१ प्रतिशत घर–परिवारले बालीमा नयाँ रोग लागेको जनाए । कर्णाली प्रदेशको हिमाली क्षेत्रमा ६९.३ प्रतिशत र पहाडी क्षेत्रमा ५९.५ प्रतिशत घर–परिवारको बालीमा नयाँ रोग देखापरेको थियो ।

यस्तै, पछिल्लो २५ वर्षमा जलवायु परिवर्तनका कारण सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा ५७.५ प्रतिशत, पहाडी क्षेत्रमा ८६ प्रतिशत र तराई क्षेत्रमा ५७.३ प्रतिशत घरपरिवारले बालीमा नयाँ रोग लागेको बताए ।

उचाईका हिसाबले १२० मिटरभन्दा मुनि बस्ने ४५.२ प्रतिशत, १२० देखि ३५० मिटरसम्मको उचाईमा बस्ने ४८.१ प्रतिशत, ३५० देखि १ हजार मिटरसम्मको उचाईमा बस्ने ५९ प्रतिशत, १ हजार देखि १३ मिटरसम्मको उचाईमा बस्ने ४८.७ प्रतिशत, १३ सयदेखि १५ सय मिटरसम्मको उचाईमा बस्ने ४०.८ प्रतिशत, १५ सयदेखि २ हजार मिटरसम्मको उचाईमा बस्ने ६०.२ प्रतिशत र २ हजार मिटरभन्दा माथि बसोबास गर्ने ५६.३ प्रतिशत घरपरिवारले पछिल्लो २५ वर्षमा लगाएको बालीमा नयाँ रोगले दुःख दिएको प्रतिवेदनमा उल्लेख छ ।

नयाँ कीरा/कीट

सर्वेक्षणले पछिल्लो २५ वर्षमा ५३.९ प्रतिशत घर–परिवार नयाँ कीरा÷कीटबाट पीडित भएको देखाएको छ । उक्त अवधिमा २१ प्रतिशतले नयाँ कीरा/कीटको अनुभव नगरेको जनाएका छन् ।

सहरी क्षेत्र (नगरपालिका)को तुलनामा ग्रामीण क्षेत्र (गाउँपालिका)का बढी बासिन्दाले जलवायु परिवर्तनका कारण नयाँ कीरा÷कीटको प्रभाव झेल्नु परेको प्रतिवेदनमा देखाइएको छ । सर्वेक्षणमा ग्रामीण क्षेत्रका ६३.३ प्रतिशत र सहरी क्षेत्रका ४६.९ प्रतिशत घर–परिवारले नयाँ कीरा÷कीटले दुःख दिएको बताएका थिए ।

“सबैभन्दा बढी सुदूपश्चिम प्रदेशको पहाडी क्षेत्रका ८७.९ प्रतिशत घर–परिवारले नयाँ कीरा÷कीट आफ्नो बालीमा देखेको रिपोर्ट गरेका छन् जुन अन्य क्षेत्रको तुलनामा निकै उच्च हो,” प्रतिवेदनमा भनिएको छ ।

उचाईको हिसाबले आफ्नो बालीमा अन्य क्षेत्रका बासिन्दाको तुलनामा सबैभन्दा बढी नयाँ कीरा/कीट १५ सयदेखि २ हजार मिटरको उचाईमा रहेका घरपरिवारले बितेको २५ वर्षमा देखेका छन् ।

भूगोगका दृष्टिले हिमाली क्षेत्रका ७३.३ प्रतिशत, पहाडी क्षेत्रका ६१.२ प्रतिशत र तराईका ४२.९ प्रतिशतले नयाँ कीरा/कीटको अनुभव गरेको प्रतिवेदनमा उल्लेख छ ।

गाईवस्तु (चौपाया)मा नयाँ रोग

प्रतिवेदनमा बितेको २५ वर्षमा २९.८ प्रतिशत घर–परिवारले गाईवस्तु (चौपाया)मा नयाँ रोग देखेको र ४४.६ प्रतिशत घर–परिवारले नयाँ रोग नदेखेको रिपर्ट गरेका छन् ।

“विशेष गरी हिमाली क्षेत्रका आधाभन्दा बढी घरपरिवार (५०.७ प्रतिशत)ले आफ्ना गाईवस्तुमा नयाँ रोग लागेको रिपोर्ट गरेका छन्,” प्रतिवेदनमा भनिएको छ । पहाडी क्षेत्रका ३४.२ प्रतिशत र तराई क्षेत्रका २१.५ प्रतिशतले गाईवस्तुमा नयाँ रोग लागेको बताएका थिए ।

प्रतिवेदन अनुसार ग्रामीण क्षेत्र (गाउँपालिका)मा ३६.८ प्रतिशत र सहरी क्षेत्र (नगरपालिका)का २४.६ प्रतिशतले गाईवस्तुमा नयाँ रोग लागेको अनुभव सुनाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro