site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी– आजको दिनको कदम तपाईंहरूलाई निकै महंगो पर्नेछ
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई गम्भीर चेतावनी दिएका छन् । संसदीय छानबिन समिति नबनाई विश्वासको मत नलिन आग्रह गर्दै संसद्को वेलमा नाराबाजी गरेको कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डले तपाईंहरूले गलत गर्नुभयो भन्दै चेतावनी दिएका हुन्। 

“म वेलमा नाराबाजी गरिरहनुभएका नेपाली कांग्रेसका सबै सांसदहरूलाई भन्न चाहन्छु, तपाईंहरूले गलत गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले संसद्को रोष्ट्रममा उभिएर भने, “यो कुरा तपाईंहरूलाई धेरै महंगो पर्नेछ ।” उनले आजको घटना इतिहासमा दर्ज भएको बताए ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्