site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संसदीय दलको बैठकपछि कार्यव्यवस्थाको बस्ने 
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । कांग्रेस संसदीय दलको बैठकले संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ ।सोमबार बिहान साढे १० बजेका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक कांग्रेसको बैठक बसिरहेकाले सुरू हुन नसकेको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

उनका अनुसार कांग्रेसबाट प्रतिनिधित्व गर्न सांसदहरू आएपछि परामर्श समितिको बैठक बस्नेछ । ‘बिहान १० बजे बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक कांग्रेस संसदीय दलको बैठकका कारण प्रभावित भएको छ,” उनले भने, ‘कार्यव्यवस्थामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने माननीयहरू आएलगत्तै बैठक सुरु हुनेछ ।”

कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्