site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्राइमियामा युक्रेनको आक्रमण, अमेरिकी कम्पनीले लिए तस्बिर

काठमाडौं । युक्रेनले गरेको आक्रमणमा क्राइमियाको बेलबेक एयरबेसमा रुसका तीन जेट क्षतिग्रस्त हुनुका साथै भवन समेत भत्किएको पाइएको छ । त्यसबारे युक्रेनका तर्फबाट केही नबताइए पनि त्यहाँ क्षति भएको सेटलाइटमार्फत प्राप्त तस्बिर सीएनएनले सार्वजनिक गरेको हो ।

युक्रेनले क्राइमियाको सोभास्टोपोलमा आक्रमण गर्दा उक्त अवस्था निम्तिएको जनाइएको छ । क्राइमियालाई रुसले सन् २०१४ मा आफ्नो देशमा गाभेको थियो ।

उक्त तस्बिर अमेरिकी सेटलाइट इमेजिङ कम्पनी ब्ल्याकस्काइ र स्पेस टेक्नोलोजी म्याक्सरले लिएका हुन् । तस्बिरमा दुई जेट मुख्य उडान लाइनभन्दा बाहिर र एउटा पार्क गरेको स्थानमा क्षति भएको देखिन्छ । भवनमा पनि क्षति भएको देखिएको छ ।

उता, रुसबाट नियुक्त सेभास्तोपोलका गभर्नर मिखाइल राजभोजाएभले  त्यहाँ व्यापक रूपमा गरिएको आक्रमणका शत्रुलाई भगाइएको जनाएका छन् । उनले दर्जनौँ मानवरहित एरियल भेइकल र पाँचभन्दा बढी समुद्री ड्रोनलाई ध्वस्त पारिएको दाबी गरेका छन् । उनले ड्रोनको ‘फोहोर’ एउटा पावर सबस्टेसनमा खस्दा विद्युत् अवरुद्ध भएको समेत जनाएका छन् । सीएनएनबाट ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro