site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् अवरोधका विषयमा प्रधानमन्त्रीसँग सभामुखको छलफल

काठमाडौं । संसद् अवरोधका विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीचको छलफल जारी छ । 

“प्रतिपक्षीको अवरोधका कारण संसद्बाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयमा सभामुखले गम्भीर रूपमा लिनुभएको छ,” उनको सचिवालयले भनेको छ । यसै विषयमा उनले प्रधानमन्त्रीसँग छलफल गर्न लागेका हुन् । 

Dabur Nepal
NIC Asia

सभामुख घिमिरेले धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न मंगलबार कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरूसँगको बैठकमा ध्यानाकर्षष गराएका थिए । 

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो । कांग्रेसले बैठक चल्न नदिएपछि राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव समेत पारित हुन सकेको थिएन । 

कांग्रेसको अवरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित गरिएको थियो ।  
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro