वासिङटन । अमेरिकी राष्ट्रपति जो वाइडेनले चीनमा निर्मित विद्युतीय कार, सोलार प्यानेल, स्टील र अन्य सामग्रीको आयातमा मंगलबार चर्को कर बढाएका छन् । ह्वाइट हाउसका अनुसार चीनबाट आउने विद्युतीय कारमा १०० प्रतिशत बोर्डर ट्याक्सको व्यवस्था गरिएको छ ।
चीनले यस्तो संकेत पाएपछि यसअघि नै यो योजनाको आलोचना गरेको थियो । अमेरिकाले चीनको अनुचित नीतिको प्रतिक्रिया स्वरुप र अमेरिकी रोजगारीको संरक्षणका लागि नयाँ नीति ल्याइएको जनाएको छ ।
विश्लेषकहरूले कर बृहत रूपमा सांकेतिक भएको र चुनावी वर्ष भएकाले मतलाई आकर्षित गर्ने कुराबाट अभिप्रेरित रहेको जनाएका छन् । मंगलबार गरिएको घोषणाले करिब १८ बिलियन डलरको आयातलाई झड्का दिनेछ । घोषणाअनुसार विद्युतीय सवारीमा कर २५ बाट १०० प्रतिशत र सोलार सेलमा २५ बाट ५० प्रतिशत बढ्नेछ ।
स्टील र आल्मुनियम उत्पादनमा तीन गुणाभन्दा बढीसम्म जस्तो ७ दशमलब ५ प्रतिशतबाट २५ प्रतिशत पुर्याइएको छ ।
के मा कति बढ्यो अमेरिकी कर ?
– सेमिकन्डक्टर्स– २०२५ सम्म २५ प्रतिशतबाट ५० प्रतिशत
– स्टील र आल्मुनियम उत्पादन– २०२४ भरी ७ दशमलब ५ प्रतिशतबाट २५ प्रतिशत
– विद्युतीय गाडी– २०२४ भरी २५ प्रतिशतबाट १०० प्रतिशत
– लिथियम ब्याट्री तथा क्रिटिकल मिनरल्स– २०२४ भरी ७ दशमलब ५ प्रतिशतबाट २५ प्रतिशत
– सोलार सेल– २०२४ भरी २५ प्रतिशतबाट ५० प्रतिशत
– सीप टु सोर क्रेन– २०२४ भरी शून्य बाट २५ प्रतिशत
– रबर मेडिकल एण्ड सर्जिकल ग्लोभ्स– २०२६ सम्म ७ दशमलब ५ प्रतिशतबाट २५ प्रतिशत