site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र ललितपुरबाट १४ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र ललितपुरबाट सोमबार १४ जना पक्राउ परेका छन् । काठमाडौंबाट आठ र ललितपुरबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंको बत्तीसपुतलीमा जुवातास खेलिरहेको अवस्थामा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का ४० वर्षीय उमेश सुनुवारसहित आठजना पक्राउ परेका हुन् । सुनुवारले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

नगद दुई लाख ५२ हजार ५७५ रुपैयाँ र १२ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यस्तै, ललितपुर महानगरपालिका–२५, फूलबारीमार्गस्थित सुर्खेती सेकुवा कर्नर होटेलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१२ घर भई ललितपुरको भैँसेपाटीमा बस्दै आएका ३० वर्षीय श्याम तामाङसहित ६ जना छन् ।

नगद ४८ हजार २७० रुपैयाँ र ६ बुक ताससहित सोमबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu