site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसले टाइपिङको जागिरका नाममा बालबालिकालाई यौनजन्य क्रियाकलापमा लगाइन् !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अनलाइन टाइपिङको जागिरमा लगाइदिने आश्वासन दिएर बालबालिकाहरूलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ की  १९ वर्षीया अञ्जली अधिकारी रहेको प्रहरीले जनाएको छ । उनी काठमाडौंमा गोकर्णेश्वरस्थित माकलबारीमा बस्दै आएकी थिइन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार उनले सुरुमा आर्थिकरूपमा कमजोर परिवारका बालबालिकालाई आर्थिक प्रलोभनमा पारेर अनलाइन टाइपिङको रोजगारी उपलब्ध गराइदिने बताउँथिइन् । त्यसपछि अश्लील क्रियाकलाप हुने प्लेटर्फमका अकाउन्टहरूबाट लाइभ भिडियो च्याटमा ग्राहकहरूसँग बालबालिकालाई कुरा गर्न लगाउँथिइन् ।

उनले बढी आम्दानीका लागि टोकन कमाउनुपर्ने र त्यसका लागि यौनाङ्ग प्रर्दशन गर्नुपर्ने बताएर बालबालिकालाई अश्लील सामग्री निर्माणमा प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

Royal Enfield Island Ad

उनलाई विशेष सूचनाका आधारमा प्रहरीले आइतबार पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एक थान मोबाइल, एक थान ल्यापटप, एक थान वेब क्यामेरा र चार थान पारदर्शी कपडा बरामद गरेको छ ।

उनीविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।                                                                                          
                                                                                                    
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro