site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजीनामापछि उपेन्द्रले भने– वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गर्न सकिएन 
फाइल तस्बिर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’लाई भेटेर अध्यक्ष यादवले आफ्नो राजीनामा बुझाएका हुन् ।

राजीनामापछि यादवले वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गर्न नसकिएको बताए । “मैले राजीनामा अरु केही पनि भनेको छैन । वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गर्न नसकिएन भनेको छु,” राजीनामापछि यादवले बाह्रखरीसँग भने । उनले पृष्ठभूमिका राजनीतिक कारणहरू भने राजीनामा उल्लेख गरेका छैनन् । 

स्वास्थ्यमन्त्रीको हैसियतमा अमेरिका गएको बेला उपेन्द्रका १२ मध्ये सात सांसदसहित अशोक राईको नेतृत्वमा जसपा विभाजित भएको थियो । अशोक राई नेतृत्वमा नयाँ पार्टी गठन भएपछि उक्त समूहले उपेन्द्रले कांग्रेससँग मिलेर सत्ता गठबन्धन बनाउने प्रयास गरेका कारण स्थायित्वका लागि नयाँ पार्टी गठन गर्नुपरेको बताएका थिए ।

अमेरिकाबाट फर्किएपछि उपेन्द्रले प्रधानमन्त्रीसँगको भेटमा पार्टी विभाजन गर्दा गलत आरोप लगाएको बताएका थिए । त्यसमा प्रधानमन्त्रीले गलत बुझाइका कारण गलत कदम चालेको स्वीकार गरेको अध्यक्ष यादवले बीबीसी नेपाली सेवासँगको साँझपखमा अन्तर्वार्ताका क्रममा बताएका थिए । यादवको राजीनामासँगै जसपा नेपाल सरकारबाट बाहिरिएको छ । योसँगै सरकारलाई समर्थन गरेका पाँच सांसद घटेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro