site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फोहर संकलनमा नेपाली सेना पहिलो

दमौली । तनहुँको दमौलीस्थित बुल्दीखोलामा शनिबार आयोजित बृहत् सरसफाइ अभियानमा नेपाली सेनाको टोलीले एक हजार केजीभन्दा बढी फोहर संकलन गरी पहिलो भएको छ ।

युवा अभियन्ता सुदीप गफ्फारको सक्रियतामा सञ्चालित सरसफाइ अभियानमा धेरै फोहर संकलन गर्ने व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभञ्जन गण (इ)लाई पुरस्कृत गरियो ।

व्यास–१, करङकाठदेखि व्यास–३, सेतीबुल्दी दोभानसम्म भएको सरसफाइ अभियानमा सेनाले एक हजार २४ किलो फोहर संकलन गरेको थियो । यस्तै, व्यास–२ स्थित पुलजीप टोल विकास संस्थाले ९४०.७ किलो फोहर संकलन गरी दोस्रो स्थान हासिल गरेको छ ।

पहिलोलाई नगद १० हजार र प्रमाणपत्र र दोस्रो भएको समूहलाई पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro