site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विवादमा भारतीय फुटबल महासंघ, मद्यपान गरेर महिला खेलाडीलाई कुटेको आरोप

काठमाडौं । भारतीय फुटबल महासंघ (एआईएफएफ)का कार्यसमिति सदस्य तथा हिमाचल प्रदेश फुटबल संघका महासचिव दीपक शर्मा पक्राउ परेका छन् । हिमाचलका दुई महिला खेलाडीले महासचिव दीपकले मद्यपान गरेर आफूहरूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनलाई गोवा प्रहरीले पक्राउ गरेको हो ।

घटनाबारे दुई महिला खेलाडीले एआईएफएफमा पनि उजुरी दर्ता गराएका छन् । यी दुवै खेलाडी हाल गोवामा जारी इन्डियन वुमन्स लिग–२ मा खाद एफसीबाट खेलिरहेका छन् ।

महासचिव शर्माले भने खेलाडीले लगाएको आरोप निराधार भएको बताएका छन् । “यी सबै निराधार आरोप हुन् । कसैले उनीहरूलाई भड्काइरहेका छन् र यसलाई त्यसै मुद्दा बनाउने प्रयास गरिरहेका छन् । उनीहरू राति ११ बजे अन्डा लिएर आइरहेका थिए, यसै विषयमा मैले उनीहरूलाई गाली गरेको मात्रै हो । यो सामान्य विषय थियो,” शर्माले भने ।

एआईएफएफका अध्यक्ष कल्याण चौबेले यो विषयलाई महासंघले गम्भीर रूपमा लिने बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro