site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–६ स्थितमा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय प्रकाश चौधरी छन् । 

बुधबार घर नजिकै रहेको बुढी खोलामा साथीहरूसँग खेल्न गएका उनी अबेरसम्म घर नफर्किएपछि खोजी कार्य जारी राखिएको थियो । राति ९ बजे खोला छेउमा माटोको ढिस्कोले पुरिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । 

उनलाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्