काठमाडौं । एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी सहभागी हुने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले फाइनलका लागि छानिएका २४ प्रतियोगी सार्वजनिक गरेको हो ।
अडिसनमा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एकसयभन्दा बढी अस्पतालमा कार्यरत दुई सयभन्दा बढी नर्सले अडिसन दिएका थिए । जसबाट फाइनलका लागि २४ प्रतियोगी छानिएको आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताएका छन् ।
छानिएका प्रतियोगीमा प्रलिजा ढकाल, दिव्या बम ठकुरी, प्रिया सुनुवार, नविना हयु राई, प्रिया पाण्डे, समीक्षा भण्डारी, लस्ता श्रेष्ठ, सुरुची देवकोटा, स्वस्तिक बुढाथोकी, आयुषा गुरागाईं, मोनिका थापा मगर, सिमा राउत छन् । यस्तै रिया जोशी, गुञ्जना बास्तोला, लालीमाया तामाङ, सलिना बडे, सिजा कार्की, अपेक्ष्य कोइराला, विधि लम्साल, सदिती श्रेष्ठ, रविना डंगोल, अनिशा पराजुली, कविता पाल र पला रेग्मी रहेका आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
प्रतियोगिताको शीर्ष विजताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुकासाथै विभिन्न उपहार समेत जित्न सक्नेछन् ।
प्रतियोगिताको फाइनल जेठ ५ गते आयोजना हुँदै छ ।