site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीपको दुई पोस्ट : म षड्यन्त्रको सिकार भएँ, यसमा संलग्नको नाम चाँडै सार्वजनिक गर्नेछु
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले बुधबार ट्वान्टी–२० विश्वकपका निम्ति नेपाली क्रिकेट टिमको घोषणा भएपछि सामाजिक सञ्जालमा दुईवटा पोस्ट गरेका छन् । 

आफूमाथि लागेको बलात्कार मुद्दाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका सन्दीप विश्वकपका निम्ति घोषित टिममा अटाएनन् । टिमको घोषणालगत्तै सन्दीपले सामाजिक सञ्जालमा आफू षड्यन्त्रको सिकार भएको कुरामा कुनै शंका नभएको लेखे । 

Prabhu Bank
Agni Group
NIC Asia

“मैले लामो पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ । म षड्यन्त्रको सिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा भूमिका खेल्ने सबैलाई भगवानले आशिष दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।”

यो पोस्ट गरेको केही घण्टापछि सन्दीपले अर्को पोस्ट गर्दै आफूमाथि भएको षड्यन्त्रमा संलग्न व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने बताए । “म सम्बन्धित अदालतको कानुन र आदेशको सम्मान गर्दछु । तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु, जो यस मुद्दामा संलग्न छन् ।” 

Global Ime bank

२०७९ भदौमा बलात्कारको उजुरी परेपछि सन्दीपलाई गत वर्ष पुसमा जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद, तीन लाख जरिबाना र दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । जिल्ला अदालतको यो निर्णयविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका छन् ।

sandeep-1714618082.JPG
sandeep-1714618082.JPG
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय