site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विभिन्न देश पठाउने भन्दै ४२२ जनाबाट तीन करोड रुपैयाँ उठाएर ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै करोडौँ रुपैयाँ असुल्ने कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धादिङको धुनीबेँसी नगरपालिका–४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश बयलकोटी र कालीकोट छाप्रेका २७ वर्षीय दर्शन नेपालीलाई पक्राउ गरेको हो ।

बुल्गेरिया, न्युजिल्यान्ड, रोमानिया, सर्बिया, क्रोएसियालगायतका देशहरूमा पठाउने भन्दै प्रतिव्यक्ति १० देखि १४ लाख रुपैयाँ उठाएर उनीहरू सम्पर्कविहीन भएको उजुरी परेपछि पक्राउ परेका हुन् ।

उनीहरूले ४२२ जनाबाट तीन करोड रुपैयाँ संकलन गरेको खुलेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

उनीहरूलाई कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थी नेतृत्वको टोलीले लामो समयको खोजीपछि पक्राउ गरेको हो ।

यसरी गरेका थिए ठगी

कीर्तिपुरमा कुखुरा फार्म सञ्चालन गर्दै आएका कीर्तिपुर नगरपालिका–६ का ललितजंग बमसँग गएको वर्षको असोजमा धादिङ धुनीबेँसीका रमेश बयलकोटीको भेट भयो । त्यो भेटका बेला बयलकोटीले आफ्नोसमेत गोदावरीमा ३२ रोपनी जग्गामा फार्म रहेको बताए थिए ।

भेट हुँदै जाँदा बयलकोटीले फार्मभन्दा कन्सल्टेन्सी खोलेर बस्दा नाफा हुने भन्दै विभिन्न प्रलोभन दिलाए । बमकै नाममा उनीहरूले भिसा प्लस प्रालि कन्सलटेन्सी सञ्चालन गरेका थिए ।

सोही कल्सेलटेन्सीमार्फत विदेश पठाउने भन्दै उनीहरूले ठगी गरेको खुलेको हो । उनीहरूमध्येका केहीले भारतमा बसेर नक्कली कागजात बनाउने गरेको खुलेको छ । गिरोहका केही अझै फरार छन् । प्रहरीले उनीहरूको साथबाट ८४ थान राहदानी र १८२ जनाको विवरण राखिएको फाइल पनि प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro