site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से २३.८६ अंकले बढेर २,७०० को विन्दुमा

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २३.८६ अंकले बढेको छ । आज नेप्से परिसूचक ०.८९ प्रतिशतले बढेर २,७००.०४ विन्दुमा बन्द भएको छ ।

यस दिन १६६ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, ७८ कम्पनीको सेयरमूल्य घटेको छ ।

आज विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस दिन पाँच अर्ब ४४ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको परिसूचक घटेको छ । आज उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.४७ प्रतिशत र निर्जीवन बिमा समूहको परिसूचक ०.२६ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

व्यापार समूहका विशाल बजार र साल्ट ट्रेडिङ कर्पाेरेसनको सेयरमूल्य बढेसँगै यस समूहको परिसूचक समग्रमा ९.४४ प्रतिशतले वृद्धि भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro