site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाँसबारीविरुद्ध वीरगन्जको कठिन जित
Tiktok banner adTiktok banner ad

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिगमा वीरगन्ज युनाइटेडले बाँसबारी क्लबविरुद्ध साँघुरो जित निकालेको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा वीरगन्जले बाँसबारीविरुद्ध २–१ को कठिन जित निकालेको हो ।

वीरगन्जको जितमा विवेक चौधरी र अमर डंगोलले गोल गरे । बाँसबारीका सन्दीप लिम्बुले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् । खेलमा तीनै गोल दोस्रो हाफमा भएको हो ।

खेलको ६६औँ मिनेटमा विवेकको गोलमा वीरगन्जले अग्रता लियो । ८५औँ मिनेटमा अमर डंगोलले अग्रतालाई दोब्बर बनाए । निर्धारित समयको अन्तिम मिनेटमा बाँसबारीका सन्दीप लिम्बुले एक गोल फर्काए ।

जितसँगै चार खेलबाट वीरगन्जले दुई जित र दुई बराबरीसहित आठ अंक बनाएको छ । वीरगन्जले यसअघि श्री कुमारीविरुद्ध जित निकालेको थियो । पराजित बाँसबारी भने चार खेलमा दुई जित र दुई हार बहोर्दे ६ अंकमा सीमित छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro