site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभरका शिक्षक काठमाडौंको सडकमा, शिक्षा ऐन जारी गर्न माग (तस्बिरहरूसहित)

काठमाडौं । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक सडक आन्दोलनमा उत्रिएका छन् । चैत ७ गतेदेखि १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा रिले अनशनमा रहेका शिक्षक बुधबारदेखि भने सडक आन्दोलनमा आएका हुन् । 

माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजी गर्दै उनीहरूले ‘शिक्षकलाई ढाँट्न पाइँदैन’, ‘संसद् अधिवेशन चालु गर’, ‘शिक्षा ऐन जारी गर’जस्ता माग राखेका छन् । सडककेन्द्रित आन्दोलन अनिश्चितकालीन रहेको नेपाल शिक्षक महासंघले जनाएको छ । 

संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयकलाई चाँडोभन्दा चाँडो ऐनको रूप दिनुपर्ने उनीहरूको माग छ ।  

ऐनमा शिक्षकसँग यसअघि भएका सहमति हुबहु कार्यान्वयन हुनुपर्ने माग उनीहरूले राखेका छन् । संसद्को हिउँदे अधिवेशन अन्त्य भइसकेकाले शिक्षकहरूको माग अन्योलमा परेको छ ।

यसअघि गएको असोज पहिलो साता भएको शिक्षकको पाँचदिने सडक आन्दोलनपछि सरकारसँग सातबुँदे सहमति भएको थियो । 

तस्बिरहरू

teacher-(1)-1743586686.jpg

teacher-(8)-1743586684.jpg

teacher-(7)-1743586683.jpg

teacher-(6)-1743586681.jpg

teacher-(4)-1743586680.jpg

teacher-(2)-1743586678.jpg

teacher-(3)-1743586678.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro