site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बब्लुले ‘रअ’को लागि काम गर्थे ? वीरगन्जमा गोली हानेर लिइयो नियन्त्रणमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको सुरक्षा चुनौती बनेका भारतीय सूटर बब्लु पासवानलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति पर्सा प्रहरीको टोलीले बब्लुलाई वीरगन्जमा खुट्टामा गोली हानी घाइते तुल्याउँदै नियन्त्रणमा लिएको हो । उनी भारत मोतिहारीस्थित रक्सौल थानाका हुन् ।

उनको बायाँ खुट्टाको घुँडामा गोली लागेको छ । रक्सौल नाकाबाट वीरगन्ज छिरेको सूचना पाएपछि पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी टोलीमाथि पेस्तोल ताक्न खोजेपछि प्रहरीले गोली हानी नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए । गोली लागेर घाइते भएका बब्लुलाई प्रहरीले उपचारका लागि नारायणी अस्पतालमा राखेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अनेक आपराधिक गतिविधिमा संलग्न बब्लु २०७९ असोज ४ मा काठमाडौं गोठाटारका लाल मोहम्मदलाई गोली हान्न व्यवस्थापकको भूमिकामा रहेको प्रहरी दाबी छ । दुई वर्षदेखि प्रहरीले नेपालमा खोजी गर्दै आएको थियो । उनी भारत भागेको खुलेपछि पक्राउ पर्नबाट जोगिएका थिए ।

तर, आइतबार उनी फेरि वीरगन्जबाट नेपाल छिरेको सूचना पाएपछि प्रहरीले खोजी गर्दा पेस्तोल र खैरो हिरोइनसहित फेला पारेको हो । लाल मोहम्मद हत्याका अरोपी पर्साका मोहरम मियाँसहित भारतीय नागरिक गड्डु पटेल र नितिन मदन अझै फरार छन् ।

Global Ime bank

मोहरमले पर्साबाट ल्याएको पेस्तोल गोंगबु माछा–पोखरीमा बब्लुलाई दिएको खुलेको थियो । काठमाडौं गोठाटारस्थित ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ सञ्चालन गर्दै आएका सर्लाही हरिवनका लाल मोहम्मदमाथि भारतीय नक्कली नोटको कारोबारी गर्ने भन्दै बब्लु समूहले गोली हानेका थिए । उनलाई भारतीय गुप्तचर निकाय ‘रअ’ ले प्रयोग गरेको आशंका अनुसन्धानमा खटिएका प्रहरीले गरेको थियो ।

व्यवसायी सुरेश केडियालाई गरेका थिए अपहरण

बब्लु पासवानले २०७३ मा वीरगन्जका व्यवसायी केडिया अर्गनाइजेसनका सदस्य सुरेश केडियालाई बाराको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट अपहरण गरी भारत पु¥याएका थिए । केडियाले फिरौती बुझाएपछि उनी अपहरण मुक्त भएको प्रहरीले जनाएको छ ।

अपहरण आरोपमा पर्सा प्रहरीले २०७५ मा उनका सहयोगी भारत मोतिहारीकै विजयकुमार महतोलाई पक्राउ गरेको थियो । त्यसबाहेक नेपालमा भएका अनेक हत्या प्रकरणमा उनी जोडिएको पर्सा प्रहरीको दाबी छ ।

भारतीय अपराधीहरुलाई आफ्ना अनुकूलताका लागि भारतीय गुप्तचर संस्था ‘रअ’ ले प्रयोग गर्ने गरेको प्रहरी अधिकारीले बताउँदै आएका छन् । जसकारण उनीहरु नेपालको सुरक्षाका लागि चुनौती बनको अनुसन्धानमा संलग्न अधिकृतको दाबी छ ।

यसअघि भारतीय नागरिक जसजित सिंह भनिने मनमित सिंह भाटिया उनी जसरी सुरक्षा चुनौती बनेका थिए । जो १४ वर्षलेखि नेपाली जेलमा छन् । भाटियालाई काठमाडौं जिल्ला अदालतले ज्यान मार्ने उद्योग र हातहतियार खरखजाना मुद्दामा २०६७ सालमा १२ वर्ष जेल सजाय सुनाएको थियो । 

उक्त सजाय भुक्तान गरेर भाटिया जेलमुक्त हुनासाथ गएको वर्ष फेरि बाँके प्रहरीले पक्राउ गरेर नेपालगञ्ज लगेको थियो । हाल उनलाई बाँके कारागारमा राखिएको छ । भाटियाले २६ फागुन २०६७ मा सुन्धारा कारागारभित्र कैद जीवन भुक्तान गरिरहेका बाराका युनुस अन्सारीमाथि जेलभित्रै पुगी ६ राउन्ड गोली प्रहार गरेका थिए । 

तर, अन्सारी भाग्यबस बाँचेका थिए । अन्सारी भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा भाटिया गोली हान्न जेल पुगेका थिए । प्रहरीको अनुसन्धानमा उनले ‘रअ’ सँग १५ लाख रुपैयाँ ‘सुपारी’ लिएको खुलेको थियो ।

उनले युनुस अन्सारीमाथि गोली प्रहार गर्नुअघि नेपालगञ्जका अब्दुलमजिद मनिहारको पनि हत्या गरेका थिए ।  मनिहारको १९ असोज २०६६ मा हत्या भएको थियो । मनिहारलाई पनि भारतीय नक्कली नोटको कारोबारी रहेको भन्दै उनले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय