site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लेखा समितिको क्षमता विकासका लागि नेफ्स्कूनको राष्ट्रिय गोष्ठी 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)को आयोजनामा लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी हुने भएको छ । वैशाख २५ र २६ गते काठमाडौंको सोल्टी होटेलमा उक्त गोष्ठी हुन लागेको हो ।

‘संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरिवेक्षण समिति’ भन्ने थिमका साथ दोस्रो राष्ट्रिय गोष्ठी गर्न लागिएको नेफ्स्कुनका सीईओ डा. शिवजी सापकोटाले जानकारी दिए । गोष्ठीले लेखा समितिमा रहेका व्यक्तिहरूको ज्ञान, सीप र क्षमतामा विकास गरी संस्थागत सुशासन कायम गर्न टेवा पुर्याउने उनले बताए ।

गोष्ठीमा लेखा समितिको भूमिका, जिम्मेवारी, जवाफदेहिता र विश्व अभ्यासजस्ता विषयलाई समेटेर कार्यपत्रहरू प्रस्तुत गरिने हुँदा सहभागिहरूका लागि गोष्ठी उपलब्धीमूलक हुने उनको दाबी छ । गोष्ठीमा विश्व ऋण परिषद्, एशियाली ऋण महासंघ, नेपाल राष्ट्र बैंक, आईक्यान र सहकारी विभागका साथै अभियानका तर्फबाट कार्यपत्र प्रस्तुत गरिने उनले बताए । गोष्ठीबाट संस्थाहरुलाई सुशासनमा हिँडाउन र लेखा समितिमा रहेका व्यक्तिहरूको क्षमता विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

लेखा समितिको चासो र क्षेत्रहरूको बुझाइ एवम् प्रभावकारीता वृद्धि गरी संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति गर्ने, संस्थागत परीक्षणका क्षेत्र, विधि, प्रक्रिया र प्रतिवेदन प्रणालीमा एकरुपता कायम गरी परीक्षणमा जिम्मेवार पक्षहरुबीच प्रभावकारी सम्बन्ध विकास गर्ने र सुरक्षित साकोस निर्माणका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय औजारहरूको आन्तरिकीकरण गर्ने गोष्टीको उद्देश्य छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro