site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से १४.३३ अंकले बढ्यो, फाइनान्समा झुमिए लगानीकर्ता

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १४.३३ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार साताको पहिलो कारोबार दिन आइतबार नेप्से ०.७२ प्रतिशत बढेर १९८०.२७ विन्दुमा बन्द भएको हो ।

आइतबार फाइनान्स समूहअन्तर्गतका कम्पनीमा लगानीकर्ता झुमिएका छन् । नेप्सेका अनुसार यो समूहको परिसूचक ३.९८ प्रतिशतले बढेको छ । यो समूहअन्तर्गतका १४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । यही समूहको गोर्खाज फाइनान्सको सेयर मूल्य भने पाँच रुपैयाँ घटेको छ ।

आइतबार कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक ०.३४ प्रतिशतले घटेको छ । बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ ।

आइतबार दुई अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । पोखरा फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, श्री इन्भेष्टमेन्ट, बोस्ट फाइनान्सको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । प्रतिशतको आधारमा फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ ।

पोखरा फाइनान्सको १३ करोड पाँच लाख रुपैयाँको सेयर कारोबार भएको छ भने मल्टिपर्पस फाइनान्सको १० करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro