site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसीप्रेरित इन्टर मियामीको सहज जित 

काठमाडौं । कप्तान लियोनल मेसीप्रेरित इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस)मा न्यु इंग्ल्यान्डविरुद्ध ४–१ को सहज जित निकालेको छ । 

आइतबार बिहान भएको खेलमा मियामीलाई जित दिलाउन मेसीले दुई गोल गरे । यसबाहेक, बेन्जामिन क्रामास्ची र लुइस स्वारेजले समान एक गोल गरे । न्यु इंग्ल्यान्डका टोसम चान्कालेले गोल गरेका थिए । 

Dabur Nepal
NIC Asia

खेलमा अग्रता घरेलु टोली न्यु इंग्ल्यान्डले बनाएको थियो । टोमस चान्कालेले पहिलो मिनेटमै गोल गर्दै आफ्नो टिमलाई अग्रतामा राखेका थिए । तर, मेसीले ३२औँ मिनेटमा बराबरी गोल गरेका हुन् । दोस्रो हाफमा भने मियामीले तीन गोल थप्यो । ६८औँ मिनेटमा मेसीले नै गोल गर्दै मियामीलाई २–१ को अग्रतामा राखे । ८३औँ मिनेटमा बेन्जामिनले मियामीबाट तेस्रो गोल गरे । 

यस्तै, खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा स्वारेजले गोल गरेपछि मियामीले ४–१ को सहज जित पक्का गरेको हो । जितसँगै ११ खेलबाट २१ अंक जोडेको मियामी इस्टर्न कन्फेरेन्सको शीर्ष स्थानमा छ । न्यु इंग्ल्यान्ड भने नौ खेलबाट चार अंकसहित तालिकाको पुछारमा छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro