site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बन्धकलाई छुटाउन माग गर्दै इजरायली जनता सडकमा 

जेरुसेलम । दशौँ हजार इजरायलीहरू युद्धविरामको वार्ताभन्दा पनि बन्धकहरूलाई घर फर्काउनेबारेमा चाँडो सहमति गर्न माग गर्दै सडकमा उत्रिएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धलाई लम्ब्याउन खोजेको भन्दै उनीहरूले विभिन्न नारा पनि लगाएका थिए ।

हमासको प्रतिनिधिमण्डल र मध्यस्थकर्ता प्रतिनिधिबीच इजिप्टको कायरोमा वार्ता चलिरहको समयमा शनिबार राति इजरायलका जनता सडकमा निस्केका हुन् ।  मध्यस्थकर्ता र हमास प्रतिनिधिबीचको बार्ता आइतबार पनि जारी रहेको जनाइएको छ । 

दुई पक्षबीच सहमति दीर्घकालीन रूपमा गर्ने कि तत्काललाई भन्ने विषयमा बहस भइरहेको जनाइएको छ । वार्तामा बन्धक रिहा नगरुन्जेलसम्म ४० दिन युद्ध रोकिनुपर्ने विषय उठेको जनाइएको छ । हमासका नेता इस्माइल हनियाले आफूहरूले पछिल्लो प्रस्तावलाई पूर्ण गम्भीरतापूर्वक हेरेको जनाएका छन् । बीबीसी
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro