site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाको ह्वाइट हाउसको गेटमा गाडी ठोक्किएर चालकको मृत्यु
फाइल तस्बिर : एपी ।
Tiktok banner adTiktok banner ad

वासिङटन । तीव्र गतिमा गइरहेको एउटा गाडी ह्वाइट हाउसको गेटमा ठोक्किँदा चालकको मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ ।

“स्थानीय समयानुसार शुक्रबार राति १०ः३० बजेतिर गाडी ह्वाइट हाउस परिसर बाहिरी गेटमा ठोक्कियो,” संघीय कानुन प्रवर्तन एजेन्सीले आइतबार सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा भनेको छ, “अधिकारीहरूले गाडी खाली गराएपछि सुरक्षा प्रोटोकल लागु गरिएको छ । ह्वाइट हाउसलाई कुनै खतरा थिएन ।”

एजेन्सीका सञ्चार प्रमुख एन्थोनी गुग्लिएल्मीले सामाजिक सञ्जाल एक्समार्फत एजेन्सी र स्थानीय प्रहरी विभागले घटनाको अनुसन्धान गर्दा सीमित ट्राफिक बन्द रहने जानकारी दिए । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro